पोखरा । पोखरामा एक जना कोरोना संक्रमितको मृत्यु भएको छ । उनी पोखरा महानगरपालिका वडा नं १९ निवासी ६२ वर्षीय पुरुष भएको पश्चिमाञ्चल स्वास्थ्य विज्ञान प्रतिष्ठानले जनाएको छ ।
यसअघि मधुमेहका बिरामीसमेत रहेका उनी यही साउन १७ गते अस्पतालमा भर्ना भएको प्रतिष्ठानका निर्देशक सह प्राडा अर्जुन आचार्यले जानकारी दिए ।
ती पुरुषको शनिबार राति ११ः३५ बजे मृत्यु भएको बताइएको छ । योसंगै कास्कीमा कोरोना संक्रमित भई मृत्यु हुनेको संख्या तीन जना पुगेको छ ।
स्वास्थ्य मन्त्रालयले शनिबार मृतकको संख्या ७३ पुगेको बताएको थियो । पोखरामा एक मृतक थपिएसंगै मृतकको संख्या ७४ पुगेको छ ।