काठमाडौं । बरिष्ठ गायिका देविका बन्दनाको स्वरमा सजिएको तीज गीत ‘छम छम बजाउँदै चुरा’ को म्युजिक भिडियो सार्वजनिक भएको छ ।
गायिका देविका बन्दनाको यो दोस्रो तीज गीत हो। दर्जनौं लोकप्रिय गीतहरुमा आफ्नो सुमधुर स्वरले लाखौं दर्शक श्रोताको मन जित्न सफल देविका बन्दना आफैमा स्थापित गायिका हुन् ।
हिन्दू नारीहरुको महान् चाड तीजको अवसर पारेर सार्वजनिक गरिएको गीतको भिडियोमा नेपाली चलचित्र क्षेत्रमा कान्छी उपनामले चिनिने बरिष्ठ अभिनेत्री शर्मिला मल्ल, मोडल सुजना बर्देवा, सोनी कारंन्जित र इन्ता श्रेष्ठ लगायत फिचर्ड छन् ।
शर्मिला मल्लको यो पहिलो तिज म्युजिक भिडियो हो।
संचारकर्मी तथा निर्देशक सूर्य चन्दले निर्देशन गरेको म्युजिक भिडियोमा गीतकार शोभा केसीको शब्द, संगीतकार सम्राट थापाको संगीत र एरेन्ज छ भने शिव विकले कोरियोग्राफी गरेका छन् ।
भिडियोमा अजय रेग्मीको छायांकन तथा पदम सुवेदीको सम्पादन रहेको छ।
भिडियो हेर्नुहोस्–