काठमाडौं । साउन ३ गतेदेखि सत्याग्रहमा बसेका इनफ इज इनफका ई र सरकारबीच सहमति भएको छ । सत्याग्रही ई र स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका तर्फबाट सहप्रवक्ताले १३ बुँदै सहमित पत्रमा हस्ताक्षर गरेका हुन् ।
सहमतिमा कोभिड १९ परीक्षण गर्न आरटी पीसीआर प्रयोग गर्ने, परीक्षणको संख्या बढाउन आवइश्कता अनुसार प्रयोगशाला सामग्री र दक्ष जनशत्तिःको पर्याप्त व्यवस्था गर्ने, पीसीआर परीक्षणको नतिजा यथाशीघ्र उपलब्ध गराउने, कन्ट्रयाक्ट ट्रेसिङलाई व्यापक र प्रभावकारी बनाउने, विज्ञहरुबाट रचनात्मक सुझाव लिने लगायत रहेका छन् ।
त्यस्तै सहमतिमा दस्तखत गरेकै मितिबाट अनसनरत सत्याग्रही युवाले आफ्नो अनसन अन्त्य गर्ने सहमति पनि भएको छ ।