पार्टी एकताका लागि दबाब दिन नेकपाका ६० बढी सांसदको हस्ताक्षर
हाम्राकुरा संवाददाता,
प्रकाशित २०७७ साउन २५ आइतबार
144
Shares
काठमाडौं। सत्तारुढ नेकपाको पार्टी एकता जोगाउनका लागि सांसदहरुले हस्ताक्षर संकलन गरेका छन् । संकलन गरिएको हस्ताक्षर पार्टी नेतृत्वलाई बुझाउने तयारी रहेको सांसद कृष्ण दाहालले जानकारी दिए ।
दाहाल सहित नेकपाका सांसदहरु विशाल भट्टराई, यज्ञराज सुनुवार, सुरेश राई, लगायतको अगुवाइमा ६० जना बढी सांसदको हस्ताक्षर संकलन गरिएको छ ।
आइतवार दिउँसो २ बजे सिंहदरवारमा पत्रकार सम्मेलन गरी आफ्ना धारणा सार्वजनिक गर्ने तयारी भएको सांसद दाहालले जानकारी दिए ।
प्रधानमन्त्री केपी शर्मा ओलीको राजीनामाका बिषयमा दुई अध्यक्षका अलग अलग गुटले आफ्ना अडान कायम राख्दा नेकपा संकटमा परेको छ । पार्टी फुटसम्म पुग्ने भन्दै दोस्रो तहका नेताहरुले सक्रियता देखाएका छन् । शनिवार ओलीका दुतहरुले प्रचण्डलाई भेटेका छन् । आइतवार हस्ताक्षर संकलन गरिएको हो ।