कोहलपुर । प्रदेश नं ५ का एक प्रदेशसभा सदस्यलाई कोरोना संक्रमण देखापरेको छ ।
नेपाल भारत सीमानाका जोडिएको बाँकेमा कोभिड–१९ कोरोनाविरुद्धको अभियानमा सक्रियरुपमा लागेका प्रदेश नं ५ का एक प्रदेशसभा सदस्यलाई कोरोना संक्रमण देखापरेको हो ।
उनले कोरोना संक्रमणको जोखिमबाट जनतालाई बचाउनका लागि बाँकेको संक्रमण क्षेत्रमा महत्वपूर्ण भूमिका खेलेका थिए ।
उनी दिनानुदिन शहरक्षेत्रदेखि गाउँगाउँसम्म कोरोनाविरुद्धको उद्धार तथा सहयोग अभियानमा सक्रिय थिए ।