कोरोनाबाट सबैभन्दा धेरै व्यक्तिको मृत्यु भएका १५ मुलुक
एएफपी,
प्रकाशित २०७७ साउन २५ आइतबार
59
Shares
एएफपी, रियो दी जेनेरो । कोरोना भाइरस संक्रमणबाट विश्वभर ७ लाख २९ हजार ६०९ व्यक्तिको मृत्यु भएको छ । साथै १ करोड ९८ लाख ०७ हजार ६०५ जना संक्रमित भएका छन् भने १ करोड २७ लाख २४ हजार २९९ जना निको भएर फर्किएका छन् ।
कोरोना संक्रमणबाट पहिलो सर्वाधिक असर परेको मुलुक संयुक्तराज्य अमेरिका हो । अमेरिकामा १ लाख ६५ हजार को मृत्यु भएको छ ।
दक्षिण अमेरिकी मुलुक ब्राजिलमा कोरोनाभाइरस संक्रमितमध्ये एक लाखभन्दा बढी व्यक्तिको मृत्यु भएको छ । स्वास्थ्य अधिकारीहरुका अनुसार ब्राजिलमा ३० लाखभन्दा बढी मानिस कोरोना संक्रमित छन् । करिब २१ करोड २० लाख जनसंख्या रहेको ब्राजिल विश्वमै सबैभन्दा बढी कोरोना प्रभावित मुलुकमध्ये दोस्रो हो ।
ब्राजिलमा पछिल्लो २४ घण्टामा ९०५ जनाको ज्यान गएको छ भने एकै दिन ४९ हजार ९७० जनामा संक्रमण देखिएको छ ।
कोरोनाभाइरस संक्रमणबाट विश्वमा सर्वाधिक धेरै व्यक्तिको मृत्यु भएका १५ मुलुकहरुः
क्र.सं. मुलक कूल संक्रमित निको भएका मृत्यु
१. संयुक्तराज्य
अमेरिका ५१,४९,७२३ २६,३८,४७० १,६५,०००