arrow

नेपाली सेनालाई भारत सरकारको तर्फबाट १० थान भेन्टिलेटर

भारत सरकारले कोरोनासँग लड्न ३० हजार पीसीआर कीट र २३ टन औषधी यसअघी प्रदान

logo
हाम्राकुरा संवाददाता,
प्रकाशित २०७७ साउन २५ आइतबार
ventilator-india-nepal-army.jpg

काठमाडौं। कोरोना संक्रमण बढेसँगै देशमा भेन्टिलेटरको अभाव हुने समाचार सार्वजनिक भएकै बेला भारत सरकारले केहि थान भेन्टिलेटर नेपाललाई दिएको छ। 

प्रधानसेनापति पूर्णचन्द्र थापालाई नेपालका लागि भारतीय राजदुत विनयमोहन क्वात्राले भेन्टिलेटर हस्तान्तरण गरेका हुन्। 

भारतीय सेनाका तर्फबाट उपहारस्वरुप पठाइएका १० थान भेन्टिलेटर राजदुत क्वात्राले सैनिक मुख्यालय भद्रकालीमा प्रधानसेनापति थापालाई हस्तान्तरण गरेका हुन्।

भारत आफै पनि कोरोना संक्रमणको चपेटामा छ । आफै समस्यामा परिरहेका बेला पनि गरेको सहयोगको लागि नेपाली सेनाले भारत सरकार तथा भारतीय सेनालाई धन्यवाद दिएको छ ।

हस्तान्तरण कार्यक्रममा राजदुत क्वात्राले कोभीड १९ बिरुद्धको लडाँईमा विजय प्राप्त गर्न नेपाली जनतालाई सबै आवश्यक सहयोग पुर्‍याउन भारत प्रतिबद्ध रहेको बताएका थिए।  

नेपाली सेनाले प्राप्त गरेका भेन्टिलेटर एडभान्स एन्भेसिस रेस्परेटरी सपोर्टका लागि प्रयोग गर्न मिल्ने गरि डिजाइन गरिएको बताइएको छ। 

यसअघी पनि भारत सरकारका तर्फबाट राजदुत क्वात्राले ३० हजार पीसीआर कीटका साथै २३ टन ओषधी सहितका स्वास्थ्य सामग्री स्वास्थ्यमन्त्री भानुभक्त ढकाललाई हस्तान्तरण गरेका थिए। 



लोकप्रिय समाचार
नयाँ