arrow

समुदायमा बढ्दै संक्रमण : कपिलवस्तुमा थपिए १७ संक्रमित

logo
मणि प्रसाद गैह्रे,
प्रकाशित २०७७ साउन २५ आइतबार
kapilbastu4.jpg

कपिलवस्तु । जिल्लामा आइतबार कोरोना भाइरसका थप १७ जना संक्रमित थपिएका छन् । गत साउन २१ गते जिल्ला सदरमुकाम तौलिहवा बजार क्षेत्रका उद्योगी व्यवसायीहरुको २ सय २६ जनाको नमुना स्वाब संकलन गरिएको थियो ।

संकलन गरिएका मध्ये १ सय २७ जनाको रिपोर्ट आइतबार आएको हो । जसमध्ये ११ जनामा कोरोना संक्रमण पुष्टि भएको छ भने ११७ जनाको रिपोर्ट नेगेटिभ आएको छ । सोही दिन संकलन गरिएका स्वाब मध्ये ९८ जना अझै रिपोर्टको पर्खाइमा रहेका छन् ।

यस्तै कपिलवस्तु अस्पतालबाट साउन २३ गते संकलन गरिएका ६ जनाको स्वाब मध्ये ५ जनामा कोरोना देखिएको छ । साथै कृष्णनगरन पालिकामा थप एक जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय कपिलवस्तुले जनाएको छ । आइतबार जिल्लामा १७ जना संक्रमित थपिएसंगै जिल्लाभर कुल संक्रमितको संख्या ८ सय ५७ पुगेको छ ।

आइतबार थपिएका कोरोना विरामी सामाजिक कार्यमा क्रियाशिल व्यक्ति र जनसमुदायका हुन् । जिल्लामा सवारी साधन जोर विजोर तथा अत्यावश्यक लगायतका सेवा वन्द गरेपनि चौक चौकमा भिड तथा निजी सवारी साधन संचालनमा आउदा र बजार संचालनमा आउदा कोरोना फैलने सभ्भावना अझै रहेको छ ।



लोकप्रिय समाचार
नयाँ