कास्की । कोरोना भाइरस संक्रमणबाट मृत्यु भएका पोखरा महानगरपालिका– १९ का ६२ वर्षीय पुरुषको नेपाली सेनाले शव व्यवस्थापन गरेको छ । संक्रमणबाट मृत्यु भएका ६२ वर्षीय पुरुषको शव पोखरा, महानगर–३२ मजुवास्थित रातोपहिरो घाटमा व्यवस्थापन गरिएको हो ।
संक्रमण पुष्टि भई उपचाररत पोखरा–१९ का एक ६२ वर्षीय पुरुषको शनिबार राति मृत्यु भएको थियो ।
यही साउन १७ गते कोरोनासहित मधुमेहबाट पीडित भई पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानअन्तर्गतको पश्चिमाञ्चल क्षेत्रीय अस्पतालको ‘कोभिड उपचार केन्द्र’को सघन उपचारकक्षमा उपचाररत ती पुरुषको गए राति ११:३५ बजे उपचारका क्रममा मृत्यु भएको थियो ।
हालसम्म पश्चिमाञ्चल अस्पतालमा उपचारका क्रममा तीन सङ्क्रमितको मृत्यु भएकामा स्याङ्जाका दुई जना छन् ।