arrow

घट्टेखोलामा पहिरो जाँदा कर्णाली राजमार्ग अवरुद्ध

logo
प्रकाशित २०७७ साउन २५ आइतबार
karnali.jpeg

जुम्ला । अविरल वर्षाका कारण कर्णाली राजमार्गका विभिन्न ठाउँमा पहिरो जाँदा अवरुद्ध हुन पुगेको छ । कर्णाली राजमार्गअन्तर्गतको दैलेखको आठबिस नगरपालिका–५ घट्टेखोलामा पहिरो जाँदा कर्णाली राजमार्ग  अवरुद्ध भएको हो ।

दैलेखको आठबिस नगरपालिका–५ घट्टेखोलामा पहिरो जाँदा राजमार्ग अवरुद्ध सडक डिभिजन कार्यालय जुम्लाका प्रमुख लिलाबहादुर भण्डारीले बताए । “शनिबार रातिदेखि परेको अविरल वर्षाका कारणले राजमार्ग अवरुद्ध भएको छ”, उनले भने, “अहिले पहिरो पन्छाउन जेसिभी (डोजर) लगाइएको छ ।” 

त्यस्तै शनिबार रातिदेखि कर्णाली राजमार्ग सडकखण्डको कालीकोट शुभकालिका गाउँपालिका–१ गगनेखोलामा पहिरो गएर अवरुद्ध रहेको राजमार्ग पहिरो पन्छाएपछि अहिले चलेका छ ।



लोकप्रिय समाचार
नयाँ