पोखरामा कोरोनाबाट मृत्यु भएका व्यक्तिको शव मजुवा घाटमा व्यवस्थापन
हरि पन्त,
प्रकाशित २०७७ साउन २५ आइतबार
107
Shares
पोखरा। कोरोना संक्रमणबाट शनिबार मृत्यु भएका व्यक्तिको शव पोखरा ३२ स्थित मजुवा घाटमा व्यवस्थापन गरिएको छ । पोखरा महानगरपालिका वडा नं. १९ का ६२ वर्षीय पुरुषको उपचारको क्रममा पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा मृत्यु भएको थियो । शवको करिब १२ बजे व्यवस्थापन गरिएको हो ।
यसअघि कोरोना संक्रमणबाट मृत्यु भएको दुई व्यक्तिको शव व्यवस्थापन गर्नेक्रममा तनाव उत्पन्न भएको थियो । तर आइतबार भने सहजरुपमा विना अवरोध शव व्यवस्थापन गरिएको इलाका प्रहरी कार्यालय डाँडाकोनाकले जनाएको छ ।
शव व्यवस्थापनमा जिल्ला र इलाका कार्यालयका प्रहरी खटिएका थिए । त्यसमा सशस्त्र प्रहरीले पनि साथ दिएको थियो । कोरोना संक्रमणबाट स्थानीय पुरुषको मृत्यु भए पछि पोखराको वडा नं. १६ र १९ सुनसान बनेको छ । दुवै वडा कार्यालयले नागरिकलाई घरबाहिर ननिस्कन भनेको छ ।