नेपालगन्ज । बाँकेमा एक जना कोरोना संक्रमितको मृत्यु भएको छ। मृत्यु हुनेमा कोहलपुर २ कि ७० वर्षिय महिला रहेकि छिन् ।
उनको आइतबार दिउँसो ३ बजे नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरमा उपचार हुँदै गर्दा मृत्यु भएको बाँकेका प्रमुख जिल्ला अधिकारी राम बहादुर कुरुम्बाङले जानकारी दिए।
निज मृतक महिलासगै बाँके कोरोनाबाट मृत्यु हुनेको संख्या ३ पुगेको छ।