अस्पतालका कर्मचारीमा कोरोना, अति अत्यावश्यक बाहेकका सेवा ठप्प
मणिप्रसाद गैरे,
प्रकाशित २०७७ साउन २६ सोमबार
105
Shares
कपिलवस्तु । कपिलवस्तु अस्पताल तौलिहवामा कार्यरत विभिन्न फाँटका कर्मचारीहरुमा कोरोना संक्रमण पुष्टि भएपछि अस्पतालमा अति आवश्यक बाहेकका सेवा ठप्प पारिएको छ ।
अस्पतालको आन्तरिक बैठक अनुसार अति आवश्यक इमरजेन्सी सेवा बाहेक सम्पूर्ण सेवा बन्द रहने छन् ।
अस्पतालले जारी गरेको विज्ञप्तिमा आवश्यक परेमा ९८५७०५४२६५ र ९८२७४५५७५१ मा सम्पर्क गर्न आग्रह गरिएको छ ।