काठमाडौं । भारतको महाराष्ट्रस्थित नागपुरमा एक व्यक्तिले बिजुलीको एक महिनाको बिल ४० हजार भारु आएपछि आत्महत्या गरेका छन् ।
५७ वर्षीय उनले आफ्नो घरको बिजुलीको बिलले गर्दा तनावमा आएका उनलाई गहिरो चोट पुगेपछि आत्महत्या गरेका हुन् ।
पुलिसका अनुसार पीडित परिवारले बिजुलीको बिल बढाएर पठाइएपछि त्यो पीडा सहन नसकेर उनले आत्महत्या गरेको आरोप लगाए ।
नागपुर सहरको यो घटना शनिबार दिउँसो भएको हो । समाचार एजेन्सी पीटीआइका अनुसार बिजुलीको बिल सहन गर्न नसक्ने गरी आएपछि लीलाधर लक्ष्मण गैधानेलाई गहिरो चोट पुग्यो ।
त्यही बिलका कारण उनले धेरै नै नशा पिउन थालेका थिए । उनले मट्टितेल छर्केर आगोले जलाएर आफूलाई मारेका हुन् । परिवारले अस्पताल लगे पनि उनलाई कसैले बचाउन सकेन ।
पुलिसले दुर्घटनावश मृत्युको घटना दर्ता गरेको छ । अहिलेसम्म लीलाधरको घरमा कुनै पनि आत्महत्याको नोट फेला पारेको छैन ।