arrow

मृतक दुईमध्ये एकमा कोरोना पुष्टि, दुवैको दाहसंस्कार

logo
प्रकाशित २०७७ साउन २६ सोमबार
dead2.jpg

धनुषा । जनकपुरधाममा आइतबार मृत्यु भएका दुईमध्ये एक जनामा कोरोना संक्रमण पुष्टि भएको छ । 

जनकपुरधामस्थित विनय तारा फाउन्डेसन क्यान्सर अस्पतालमा मृत्यु भएको सोही अस्पतालका सुरक्षा गार्डसमेत रहेका धनुषा मिथिला विहारीका ४७ वर्षीय पुरुषमा कोरोना संक्रमण पुष्टि भएको हो । 

रुघाखोकी र पखालासँगै ज्वरोसमेत आउने गरेका कारण गाउँमै औषधि खाइरहेको अवस्थामा आइतबार बिहान अचानक श्वासप्रश्वासमा समस्या भएपछि अस्पताल पुर्‍याउने बित्तिकै उनको मृत्यु भएको थियो । उनको आइतबार नै दाहसंस्कार गरिसकिएको छ । 

त्यसैगरी काब्या हस्पिटलमा मृत्यु भएको शहीदनगर नगरपालिकाका पुरुषमा भने कोरोना संक्रमण पुष्टि भएको छैन् उनको स्वाब नमूना परीक्षणको नतिजा नेगेटिभ आएको छ । उनी मुटु र दमका रोगी थिए । काब्या अस्पतालले पनि उनमा कोरोनाको कुनै लक्षण नरहेको दाबी गर्दै आएको थियो । उनको पनि परिवारजनको जिम्मा लगाएर दाहसंस्कार भइसकेको धनुषाका प्रमुख जिल्ला अधिकारी प्रेम भट्टराईले जानकारी दिए ।



लोकप्रिय समाचार
नयाँ