मुगु। छायाँनाथ रारा नगरपालिका वडा नं १ श्रीनगर गाँउका ३८ बर्षिय स्थानीय मोहन कुमार मल्ललाई हिडडुल गर्दा होस् वा चिसो लाग्दा होस् सधै पिडौलाका भित्र दुख्थ्यो । यसरी पिडौला दुख्दै आएको ४,५ बर्ष भयो शुक्रबार जिल्ला अस्पताल मुगुमा चलेको शिविरमा आफनो पिडौलाको समस्या चेकजाँच पछि उनले तिर्घाको तल खुट्टाको माथी रहेको हड्डी चर्कीएको र लामो समय आराम गर्नुपर्ने सल्लाह पाए ।
सोही नगरपालिका वडा नं ७ बालौ गाँउका १७ बर्षिय गगन भामको बायाँ खुट्टामा संक्रमण भएर सधै सुनिने, दुखिरहने भएको लामै समय भएको थियो। आर्थिक अवस्था कमजोर भएकै कारण पिडालाई सहदै आएका उनको शनिबार दिउसो जिल्ला अस्पताल मुगुमा निशुल्क शल्यक्रिया भएर खुट्टा समस्या क्रमश सुधार हुँदै गएको छ ।
वडा नं १० घट्लेखकी १० बर्षिया रेश्मा भामको ३ बर्ष अघि वनमा गाईवस्तु चराउन जादा लडेर देव्रे हात भाँचिएको थियो । गरिव, दुर्गम, आर्थिक अवस्था नाजुक भएकै कारण उनको पनि समयमा उपचार हुन सकेन, बांगिएको हातको पिडा सहदै दिनहरु काट्दै आएकी थिईन्। शनिबार दिउँसो जिल्ला अस्पताल मुगुमा उनको पनि हातको शल्यक्रिया भएपछि बर्षौं देखिको पिडा हटेको छ भने बांगिएको हात सोझिने भएको छ ।
यी ३ घटना प्रतिनिधी घटना मात्र हुन् । गत बुधबार मुगु पुगेका प्राध्यापक डाक्टर गोविन्द केसीले जिल्ला अस्पताल मुगुमा विहिबारबाट हाडजोर्नी शिविर शुरु गरेपछि भाम, मल्ल जस्तै विभिन्न कारणले हाडजोर्नीहरुको समस्या झेल्दै आएकाहरुले निशुल्क उपचार सेवा पाएका छन् ।
दुर्गम भएका कारण काम गर्ने शिलशिलामा लडेर अंगभंग हुने र समय मै उपचार नभएर अपाङ्ग शरिर भएर बाँच्नेहरु जिल्लामा धेरै भेटिन्छन् । हुने खानेहरुले समयमै सुविधा सम्पन्न स्वास्थ्य संस्थाहरुमा गएर उपचार गर्ने गरेपनि अधिंकांश जनता गरिव भएका कारण हाडजोर्नी लगायत अन्य रोग लागेका भरसक गाँउघरकै पुरानो प्रविधी जडिबुटीको प्रयोग गरेर उपचार गर्ने गरेका छन ।
साविकको कर्णाली अंचलका जिल्लाहरुमा पुगेर जनताको निशल्क उपचार तथा स्वास्थ्य सल्लाह दिदै आएका डा केसी बुधबार मुगुमा पुगेपछि बषौदेखि हाडजोर्नी सम्वन्धि समस्या भोग्दै आएका जनताले निशुल्क उपचार, सल्लाह पाएपछि मुगालीहरुले अकस्मात भगवानको रुप लिएर डा केसी आएको अनुभुती गर्न थालेका छन ।
रेश्माकी आमा दन्ता भामले भनिन् ‘कोरोना फैलिएको बेला कोहिलाई कतै जान दिदैनन् तर पनि डाक्टर साब आए, पैसा नभएर छोरीको उपचार गर्न सकेका थिएनौ, बांगिएको हात लिएर जीवन कसरी चलाउली भनेर चिन्ता लाग्ने गरेको थियो। रेडियोमा निशुल्क उपचार गर्न डाक्टर जिल्ला अस्पतालमा आएका छन् उपचार गर्न आउनु भन्ने सुचना सुन्यौ र अस्पताल आउदा छोरीको हात अप्रेसन भयो हामीले कल्पनै गर्न नसकेको उपचार भयो हाम्रो परिवारका लागी उहाँ(डा.केसी)भगवानकै रुप लिएर आउनु भयो ।‘
यती बेला एका विहानैबाट डा केसी जिल्ला अस्पतालका प्रमुख डाक्टर निर्मल नगरकोटी सहित अस्पतालका चिकित्सकहरु तथा स्वास्थ्यकर्मीहरुको सहयोगमा जिल्लाका कुना कन्दरा तथा दुर्गम बस्तिबाट उपचारका लागी आएका स्थानीयहरुको उपचारमा तल्लिन रहेका छन् ।
विहिवारबाट निशुल्क हाडजोर्नी सम्वन्धि शिविर चलाई रहेका डा केसीले आईतबारसम्म १७७ जनालाई ओपिडी सेवाबाट उपचार र ३ जनाको सल्यक्रिया गरेको जिल्ला स्वास्थ्य सेवा कार्यालयका प्रमुख डाक्टर निर्मल नगरकोटीले बताए ।
‘डा केसी जिल्लामा आउदा आफुहरुले अविभावक पाएजस्तो अनुभुती भयो। उहाँले शनिबार अस्पतालमा कार्यरत चिकित्सक तथा अन्य स्वास्थ्यकमीहरुलाई हाडजोर्नी सम्वन्धि सामान्य उपचार,समस्या पहिचान तथा सल्लाह बारे कक्षा नै संचालन गर्नु भयो ।‘ डा. नगरकोटीले भने।
डा.केसीले विरामीहरुलाई दिएको उपचार,सल्लाह र जिल्ला अस्पतालका कार्यरत स्वास्थ्यकर्मीहरुले उनीबाट पाएको शिक्षाबाट सिंगो अस्पताल परिवार उत्साहित भएको पनि अस्पतालले बताएको छ ।
कोरियाली सहयोग नियोग(कोईका) ले करिव ५० करोड लागतमा निमार्ण गरेको सुविधा सम्पन्न जिल्ला अस्पताल मुगुको भवनबाट विषशेज्ञ सेवा दिने पहिलो व्यक्ति नै डा केसी भएको पनि डा नगरकोटीले बताए ।
गरिव निमुखा, विपन्न, दुर्गम र असहाय जनताको स्वास्थ्य सुधार र शिक्षाका लागि सधै राज्यसंग लडदै आएका डा. केसी यो कोरोना महामारीको पनि चिन्ता नगरि दुर्गम जिल्लाहरु बाजुरा, हुम्ला, कालिकोट, डोल्पा, जुम्ला हुँदै मुगुसम्म पुगेर जनताहरुको निशुल्क उपचार गरिरहेका छन् ।
आईतबारसम्म मुगु बसेर जनताहरुलाई सेवा दिईरहेका डा केसी सोमबार पुन जुम्ला जानेछन् । जनताको सेवा एक मात्र लक्ष्य बोकेका डा.केसी साँच्चिकै गरिब, निमुखा र राज्यबाट पछि पारिएका जनताहरुका लागी एक्काईसौ शताब्दीमा डाक्टरको रुप लिएर भगवान प्रकट हुनु भएको नेपाल पत्रकार महासंघ मुगुका सस्थापक अध्यक्ष विनोद कुमार मल्ल बताउँछन् ।