arrow

मोटरसाइकलसहित कुखुरा फालेर भागे तस्कर

logo
रबिन्द्र यादव,
प्रकाशित २०७७ साउन २६ सोमबार
challa2.jpg

नवलपरासी पश्चिम । नवलपरासी पश्चिममा ५ लाख ३९ हजार ६ सय मुल्य बराबरको २ वटा मोटरसाइकलसहित अवैध कुखुरा र चल्ला सशस्त्र प्रहरी नवलपरासी पश्चिमले नियन्त्रण लिएको छ ।

पाल्हीनन्दन गाउँपालिका वडा नं ६ राजाबारीमा सोमबार विहान भारतबाट अवैध रूपमा युपी ५६ यल ०५७५ र युपी ५६ डी २४४८ नम्बरको भारतीय मोटरसाइकलमा राखी नेपाल तर्फ ल्याउदै गरेको अवस्थामा करिब ३९ हजार ६ सय मुल्य बराबरको ४४ गोट (१ सय ३२ किलो ) बोइलर कुखुरा सशस्त्र प्रहरी बल नेपाल अस्थायी सुरक्षा बेसका सशस्त्र प्रहरी नायब निरीक्षक कोमल यादवको कमाण्डमा खटिएको टोलीलाई देखेपछि मोटरसाइकलसहित कुखुरा फालेर तस्कर भागेका थिए ।

नियन्त्रण लिइएको मोटरसाइकल र बोइलर कुखुराको १ लाख ३९ हजार ६ सय बराबरको रहेको सशस्त्र प्रहरीले जनाएको छ ।
 
त्यसै गरी सोही गाउँपालिका वडा न. ६ सनई स्थित भारतबाट अवैध रूपमा नेपाल ल्याउदै गरेको ४ लाख मुल्य बराबरको ५५ कार्टुन ५ सय गोटा बोइलर कुखुराको चल्ला सशस्त्र प्रहरी बल नेपाल नं २६ गण का सशस्त्र प्रहरी निरीक्षक जनकजन भन्डारीको कमाण्डमा खटिएको टोलीलाई देखेर भागे पछि उक्त ५५ कर्टुन सहित कुखुराको चल्लाहरू नियन्त्रणमा लिएर नष्ट गरिएको सशस्त्र प्रहरी गण नं २६ का एसपी महेश अधिकारी बताए ।

नियन्त्रणमा लिइएको २ थान मोटरसाइकल आवस्यक कार्वाहीको लागि महेशपुर भन्सार कार्यालय पठाएको छ । बोइलर कुखुरा र चल्लाहरु सोमवार स्थानियहरुको रोहबरमा नष्ट गरिएको अधिकारीले जानकारी दिए । अधिकारी जिल्लामा आएको एक साता नबितिदै यति ठुलो मात्रमा कुखुराको चल्ला बरामद गरि नष्ट गरिएको हो । भरत खानिया डोटीको ३६ नं गण सरुवा भएपछि महेश अधिकारी २६ नं गण आएका हुन ।



लोकप्रिय समाचार
नयाँ