सुसरालीबाट फर्केका शशस्त्र प्रहरी जवानमा कोरोना भेटिएपछि नवमीडाँडामा सरकारी सेवा बन्द
जितेन्द्र भण्डारी,
प्रकाशित २०७७ साउन २६ सोमबार
56
Shares
पाँचथर। ससुराली गएर फर्केका शशस्त्र प्रहरी जवानमा कोरोना संक्रमण भेटिएपछि पाँचथरको फाल्गुनन्द गाँउ पालिका १ नवमीडाँडा स्थित एकै परिवारका ४ जनालाई क्वारेन्टाइनमा राखिएको छ ।
एकसाता अघि ससुराली घर गएर फर्केका ती जवान सहित साउन २३ गते इलाम स्थित शसस्त्र प्रहरी गणका १६ जनामा कोरोना संक्रमण पुष्टि भएपछि नवमीडाँडाका ४ जनालाई क्वारेन्टाइनमा राखिएको हो ।
क्वारेन्टाइनमा राखिएकाहरुमा संक्रमण पुष्टि भएका जवानकी श्रीमती,एकजना बच्चा र बाबु आमा रहेको स्वास्थ कार्यालय पाँचथरका प्रमूख नारदमणी सुवेदीले बताए ।
उनीहरुलाइ फिदिम स्थित शिक्षा स्रोत केन्द्र भवनको क्वारेन्टाइनमा राख्नुका साथै पिसिआर परिक्षणका लागि स्वाब संकलन गरेर कोशी अस्पताल बिराटनगर पठाइएको बताइएको छ ।
यसैविच फाल्गुनन्द गाँउ पालिका वडा नम्वर १ को कार्यालयले सूचना जारी गर्दै संक्रमितको परिवारका सदस्यहरुको परिक्षण रिपोर्ट नआएसम्मका लागि वडा कार्यालयवाट हुने सवै सेवा वन्द गर्ने तथा अत्यावस्यक वाहेक सवारी साधन प्रवेशमा पनि रोक लगाउने निर्णय गरेको छ ।
वजार क्षेत्रका पसल पनि सुरक्षा सावधानी अपनाएर मात्रै खोल्न भनिएको वडाध्यक्ष होमप्रसाद आङदेम्वेले बताए ।