बाजुरा । आइतवार रातिदेखि आएको अबिरल बर्षासंगै आएको खोलाले साँफे–मार्तडी सडक पर्ने जडाङ्गाको बेलीब्रिज बगाएको छ । साफेँ मार्तडी सडक अन्तरगत बुढिगंगा नदीमा बनाएको बेलिबिज्र हिजो रातीको बर्षाले बगाएको प्रहरीले जनाएको छ ।
त्यसैगरी बुडीमालिका नगरपालिका २ घागर र वडा नं ८को राप्का एक दर्जन भन्दा बढी घर बगेका छन् । भौनुराको कुटानी पिसानी मिल पनि वगाएको छ । त्यो संगै बुढिगंगा नदिको बहाफ निकै बढेको स्थानीयहरुले बताएका छन् ।
बाजुरा जिल्लामा सडकमा यो बर्ष निकै क्षती पुर्याएको छ । बेलिव्रिज बगाए पछि सांपो मार्तडी आवागमन ठप्प हुने भएको छ । बडीमालिका नगरपालिका वडा नं २ का वडाअध्यक्ष डम्मर महतको घर सहित आठ घर बुढिगंगा नदीले बगाएको वडा अध्यक्ष डम्मर महतले बताए ।
बाजुराको बुढीगंगा नदिमा आएको पानीको बहावका कारण घागर, भौनेरा, रापक लगाएत तटिय क्षेत्रका सबै बस्तीमा ठूलो क्षती भएको स्थानीय गोपाल कार्कीले बताए ।
उद्धारटोली सम्बन्धित स्थानमा जान सकेको छैन । बुढीगंगा नदीमा भएका झुलङ्गे पुलहरु बगाएका छन् । साँफे मार्तडी सडक खण्ड जोड्ने बुढीगंगा नदिमा भएको बेलिबिज्र बगाएको छ । स्थानिय ज्यान जोगाउन भागदौड गरिरहेका छन् ।
दशकौं पछि बुडीगंगा नदीमा यतिठुलो बहाव आएको हो ससस्त्र प्रहरी र नेपाल प्रहरीको टोली राती ३ बजे सदरमुकामबाट गएको भएपनि सदरमुकाम सेलाघाट थुवाकांधमा आएको पहिरोका कारण विहान मात्र पहिरोपञ्छाएर टोली राप्का पुगेको बताइएको छ ।