काठमाडौं । यदि तपाइँमा उत्साह छ भने उमेरले केही फरक पार्दैन भन्ने कुराको उदाहरण एक अमेरिकी महिलाले दिइन्। उनले एक गोलीको सहयोगमा १२ फिटको गोहीलाई मारिन्।
अमेरिकाको टेक्ससकी नातिनातिनाहरु भएकी हजुरआमाले उक्त गोही मारेकी हुन् । उनले उक्त गोहीको साथमा आफ्नो फोटो पनि खिचाएर सार्वजनिक गरिन्।
महिलाले सो गोहीलाई आफ्नो फार्म हाउसनजिकै रहेको एक तलाउमा मारेकी हुन् । जसको तौल २६३ किलो रहेको बताइएको छ । जुडी कोचरान नाम गरेकी यी महिला टेक्ससको कस्वे लिभिङस्टोनकी मेयर पनि थिइन् ।
उनले उक्त गोही मार्नुको कारण उनको घोडा रहेको छ । केही समयअघि उक्त गोहीले उनले प्रिय घोडालाई मारिदिएको थियो । त्यसैको बदलास्वरुप उनले गोहीलाई मारेकी हुन् ।
उनले अहिले मारिएको गोहीको केही भागलाई सजाएर राखेकी छन् भने बाँकी भाग मासुको प्रयोजनका लागि प्रयोग गरेकी थिइन् ।