स्याङ्जा। आइतबार सामान्य कुटपिटको घट्नालाई लिएर केही संचारमाध्यममा प्रकाशित समाचारप्रति चापाकोटका मेयरले आफ्नो धारणा सार्वजनिक गरेका छन् । चापाकोट नगरपालिकाका नगर प्रमुख शिबकुमार गिरीले वालिङ ९ का जितेन गुरुङ्लाई कुटपिट गरेको समाचार बाहिर आएपछि नगर प्रमुख गिरीले आफ्नो ध्यानाकर्षण भएको जनाएका छन् ।
सामान्य विवादलाई मेयरको संलग्नता भएको खबर बाहिर आएपछि आफुलाई दुःख लागेको गिरीले टेलिफोन मार्फत जानकारी दिए। म जनताको सेवक हुँ तर शासक होइन नगर प्रमुख गिरीले टेलिफोन मार्फत भने,“केही मिडियाले मेरो राजनीतिक चरित्र हत्या गर्ने प्रयास गरियो ।” यो विषयमा मेरो गम्भिर ध्यानाकर्षण छ उनले भने । स्वतन्त्र मिडियाको भुमिका नखेली र सत्यतथ्य नबुझी पुर्वाग्रही रुपबाट दुई तिहाई सरकारको आडमा प्रेशित समाचार कत्तिको विश्वसनीय छ भन्ने प्रश्न आम नागरिकमा चासोको विषय उठेको गिरीले बताए ।
कुटपिटको घट्नालाई लिएर प्रकाशित गरिएको समाचार झुटा, कपोकल्पीत र राजनीतिक पुर्वाग्रहबाट सिर्जेको देखिन्छ गिरीले भने । घट्नाको सत्यतथ्य नबुझि तोडमोड गर्ने प्रचलनले मिडियाको विश्वस्नीयता माथी गम्भिर प्रश्न उठेको उनले बताए । सो घट्नालाई लिएर केही नेकपाका नेताहरुले धम्काएको पनि गिरीको भनाई छ ।
यस्तो थियो आइतबार राती भएको घट्ना
आइतवार साँझ वालिङ नगरपालिका वाड नं ८ डुम्रिकोटमा वालिङ नगरपालिका वाड नं ९ वस्ने जितेन गुरुङ र चापाकोट नगरपालिकाका सवारी चालक विचको घटनाको सिसिटिभि फुटेज प्राप्त भएको छ । चापाकोट नगरपालिकाको ग १ झ ३३३ नंवरको गाडी मरर्मतका लागि वालिङ स्थित डुम्रिकोटमा रहेको ग्यारेजमा गाडी मर्मत गरिरहेको अवस्थामा रहेका चालक सुनिल एसकेलाई मोटरसाईकलमा आएका गुरुङले हातपात गरेको ग्यारेजमा राखिएको सिसिटिभि फुटेजमा प्रष्ट देखिएको छ ।
मादक पदार्थ समेत सेवन गरेका गुरुङले हातपात गरेपछि नगरपालिकाका कर्मचारीहरुवाट जवाफी कारवाही गरेको देखिएको छ । उक्त फुटेजको घटनामा नगर प्रमुख शिवकुमार गिरीको कुनै संलग्न देखिएको छैन । घटना पश्चात नेकपा नगर कमिटीका अध्यक्ष राजेन्द्र डुम्रे सहितका मानिसहरुले घटनास्थलमा पुगेपछि विहान एकाएक नगर प्रमुखलाई आरोप लगाएर विभिन्न संचार माध्यममा समाचार प्रकाशित भएको थियो ।
सामान्य घटनालाई लिएर सत्ताको दुरुपयोग गर्दै राजनीतिक रंग दिन खोजिएको र आफ्नो व्यक्तिगत चरित्र हत्या गर्न खोजिएको भन्दै सत्य तथ्य छानविनको दोषी उपर कारवाहीको माग गर्दै प्रमुख जिल्ला अधिकारी गंगावहादुर क्षेत्री समक्ष पुगेको चापाकोट नगरपालिकाका प्रेस संयोजक विश्ववन्धु भट्टराईले जानकारी दिए । दुवै पक्षबाट प्रहरीमा उजुरी गएपनि दर्ता नभएको बताइएको छ । साँझ भएको घट्नाको फुटेज हाम्राकुरा डटकमसँग सुरक्षित रहेको छ ।