arrow

संक्रमित सशस्त्र प्रहरी जाँच गराउन गएको खुलेपछि हस्पिटल बन्द

logo
प्रकाशित २०७७ साउन २६ सोमबार
corona-test-kit.jpg

दमक । कोरोना संक्रमित उपचारका लागि आएको पुष्टि भएपछि झापाको दमक–८ स्थित दमक हस्पिटल एण्ड रिसर्च सेन्टर निगरानीमा राखिएको छ । 

कोरोना भाइरस संक्रमित एक जना सशस्त्र प्रहरी हस्पिटलमा जाँच गराउन गएको खुलेपछि हस्पिटल बन्द गरिएको हो । ती प्रहरी कोरोना परीक्षणको रिपोर्ट नआउँदै आइतबार दिउँसो हस्पिटलमा स्वास्थ्य जाँच गराउन आएको खुलेको अस्पताल स्रोतले जनाएको छ । 

ती प्रहरीको दिउँसो मात्र पोजेटिभ रिपोर्ट आएको थियो ।

गत बुधबार उनीसहित दमकबाट पठाइएका १०७ जनामध्ये आइतबार ४७ जनाको रिपोर्ट आएको थियो । यसमा उनको मात्र रिपोर्ट पोजेटिभ आएको हो । 

साथीसँगै हस्पिटलमा ज्वरोसहित रूघाखोकी लागेको भन्दै स्वास्थ्य परीक्षण गर्न आएका खुलेपछि सावधानीस्वरुप हस्पिटल बन्द गरिएको हस्पिटलका कार्यकारी निर्देशक तेजराज घिमिरेले बताए ।



लोकप्रिय समाचार
नयाँ