arrow

दाउरा बटुल्न जाँदा नदी बीचमा थुनिएका बलायरको सशस्त्रद्वारा उद्धार

logo
प्रकाशित २०७७ साउन २६ सोमबार
balayar2.jpg

डोटी । सेती नदीमा बढेको भेलसंगै बगेर आएका दाउरा बटुल्न जाँदा बीच नदीमा थुनिएका एकजना युवकको सशस्त्र प्रहरीले उद्धार गरेको छ ।

सोमबार बाढीसंगै बगेर आएका दाउरा बटुल्न गएका शिखर नगरपालिका–८ गोपघाटका ३२ वर्षिय कबि बलायर दिउँसो साढे चारबजेतिर बीचनदीमा थुनिएका थिए ।

उनलाई सशस्त्र प्रहरी बल नम्बर ३६ गण हेडक्वार्टर दिपायल डोटीबाट सशस्त्र प्रहरी निरीक्षक केशबराज अवस्थीको नेतृत्वमा गएको टोलीले साँझ करिब साढे छ बजे उद्धार गरेको हो ।

टोलीमा नौजना सशस्त्र प्रहरीको टोली परिचालन भएर गएको सशस्त्र प्रहरी नायक निरीक्षक दीपेन्द्र बोहराले जानकारी दिए ।



लोकप्रिय समाचार
नयाँ