arrow

कपिलवस्तुमा १० जना कोरोना संक्रमित थपिए, ३२ गतेसम्म लकडाउन

logo
मणि प्रसाद गैह्रे,
प्रकाशित २०७७ साउन २६ सोमबार
kapilbastu-lockdown.JPG

कपिलवस्तु  । सोमबार कपिलवस्तुका २ स्थानिय तहमा १० कोरोना संक्रमित थप भएका छन । कृष्णनगर नगरपालिकामा ९ जना र बुद्धभुमी नगरपालिकामा १ जना थप भएका हुन । 

कृष्णनगर नगरपालिकामा नेपाल बैंक लिमिटेडका ३ कर्मचारी , १ प्रधानाध्यापक शिवराज अस्पताल बहादुरगन्जका स्वास्थ्यकर्मी सहित ९ जनामा संक्रमण भएको छ । यसै गरी बुद्धभुमी ३ मा संक्रमण देखीएकी महिलामा लक्षण देखिएकोले कोरोना विशेष अस्पताल धागो कारखाना पुराइएको जिल्ला स्वास्थ्य कार्यालय कपिलवस्तुले जनाएको छ ।

जिल्लामा कोरोना भाइरसका संक्रमित समुदायस्तरमा बढ्न थालेपछि बढ्दो जोखिम न्यूनिकरणका लागि लकडाउन जारी गरिएको छ । 

जिल्ला प्रशासन कार्यालयले स्थानीय प्रशासन ऐन २०२८ को दफा ६ (३) र संक्रामक रोग ऐन २०२० को दफा २ बमोजिम सोमबार राति १२ बजेदेखि साउन ३२ गतेसम्म जिल्लामा लकडाउन जारी गरेको छ । 

जिल्लामा लकडाउन जारी भएसंगै अत्यावश्कीय बस्तुहरु ढुवानी गर्ने सवारी बाहेक सबै सेवा बन्द भएका छन् । जिल्लाभित्रका सम्पूर्ण पसल पूर्ण रुपमा बन्द भएका छन् भने नीजि सवारी साधन चल्न पाउने छैनन् । यस अगाडी गत विहीबार देखि जिल्लामा नीजि सवारी साधन जोर विजोर प्रणालीबाट सञ्चालनको अनूमति थियो । त्यो अनूमति पनि खारेज भएको छ ।

यस्तै उद्योगधन्दा, कलकारखानाको हकमा भने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जारी गरेको न्यूनतम स्वास्थ्य मापदण्ड अपनाई सञ्चालन गर्न पाइने प्रशासनले स्पष्ट पारेको छ । जिल्लाभित्रका सरकारी कार्यालय, गैरसकारी संघ संस्था, बैंक तथा वित्तीय संस्थाका सम्पूर्ण कारोबार पनि पूर्ण रुपमा बन्द भएका छन् ।

दैनिक अत्यावश्कीय बस्तुहरु ढुवानी गर्ने खाद्यान्न, तरकारी, फलफूल, दुध पेट्रोलियम पदार्थ, ग्याँस, औषधि, पानी, पशुपंक्षी, एम्बुलेन्स, शववाहन जिल्लामा सञ्चालन हुन पाउनेछन् । तर, राजमार्ग भएर गुड्ने सवारी साधनहरुमा पूर्णरुपमा रोक नलागे पनि जिल्ला भित्र ओर्लिन र चढ्न भने पाइने छैन् ।

अत्यावश्कीय खाद्यान्न तथा तरकारी किनमेलका लागि विहान ८ बजेदेखि १० बजेसम्म समय छुट्याइएको छ । समुदायमा कोरोना फैलिएपछि स्थानीय प्रशासनले सावधानी अपनाउन जिल्ला वासीलाई अनुरोध समेत गरेको छ ।



लोकप्रिय समाचार
नयाँ