काठमाडौं । लकडाउन खुला गरेसँगै बढ्न थालेको कोरोना भाइरसबाट जोगिन नेपाल आयल निगमले मातहतका निकायलाई निर्देशन जारी गरेको छ ।
निगमले सोमबार परिपत्र जारी गर्दै प्रादेशिक कार्यालय, विभिन्न डिपो लगायतका मातहतका निकायलाई कोरोना भाइरसबाट जोगिन सजगता अपनाएर काम गर्न निर्देशन दिएको हो ।
निगमले ७ बुँदे परिपत्र जारी गर्दै एक एक हप्ताको रोटेसनमा काम गर्न, संक्रमित भइहालेको अवस्थामा आइसोलेसनमा बस्न कार्यालय नजिकको होटेल भाडामा लिइराख्न लगायतका निर्देशन मातहतका कार्यालयलाई दिएको हो ।