काठमाडौं । अमेरिकी राष्ट्रपति कार्यालय नजिक गोली प्रहार भएको छ । राष्ट्रपति डोनाल्ड ट्रम्पले पत्रकार सम्मलेन गरिरहँदा ह्वाइटहाउस नजिक गोली प्रहार भएको हो ।
राष्ट्रपति ट्रम्पले पत्रकार सम्मेलन गरिरहँदा एक शंकास्पद व्यक्तिमाथि गोली हानिएको हो । ट्रम्पले कसैले गोली हानेको बताएका हुन् ।
बीसीसीले लेखे अनुसार ट्रम्पले उक्त घटना ‘निकै राम्रोसंग नियन्त्रणमा रहेको’ भनी अर्थाएका छन् ।
ट्रम्पले गोली हानेको आवाज सुनेपछि ‘ओह’ र ‘के भयो’ भनी उक्त पत्रकार सम्मेलनस्थल छाडेर गएका थिए ।
उक्त घटनापछि ह्वाइट हाउस लकडाउन गरिएको छ ।
ट्रम्प पत्रकार सम्मेलन छोडेर गएको ९ मिनेटपछि फर्केर आएका थिए । त्यसपछि उनले शंकास्पदलाई गोली हानिएको बताएका थिए । उनले उक्त घटनापछि उसलाई अस्पताल लगिएको बताएका छन् ।
ट्रम्पले उक्त घटना स्पष्ट रुपले भने पत्रकार सम्मेलनमा भन्न सकेननद् ।