काठमाडौं । कोरोना भाइरस संक्रमणमा भारत अमेरिका र ब्रजिल भन्दा अगाडि रहेको छ । सोमबार भारतमा ५३ हजार १६ जना नयाँ संक्रमित थपिएका छन् ।
अमेरिकामा ४९ हजार ५४६ तथा ब्रजिलमा २१ हजार ८८८ जना संक्रमित थपिएका छन् । भारतमा अहिलेसम्म संक्रमितको संख्या २२ लाख ६७ हजार १५३ पुगेका छन् । मृतक सोमबार ८८७ जना थपिएका छन् ।
यो संख्या पनि सोमबार सबैभन्दा बढी हो । ब्रजिलमा ७२१ तथा अमेरिकामा ५६५ जनाको ज्यान गएको थियो । कोलम्बियामा ३१२, मेक्सिकोमा २९२ र साउथ अफ्रिकामा २१३ जनाको ज्यान गएको छ ।
अमेरिकामा संक्रमित ५२ लाख ५१ हजार १९२ पुगेका छन् । मृतक १ लाख ६६ हजार १८८ पुगेका छन् ।
ब्रजिलमा ३० लाख ५७ हजार ४७० संक्रमित पुगेका छन् । मृतक १ लाख १ हजार ८५७ पुगेका छन् ।
भारतमा निको हुनेको संख्या सोमबार ४७ हजार ३६२ रहेको छ । अहिलेसम्म १५ लाख ८१ हजार ६४० जनालाई निको भएको छ ।
भारतमा ४५ हजार ३५३ जनाको ज्यान गइसकेको छ । सबैभन्दा बढी प्रभावित महाराष्ट्रमा मात्रै १८ हजार ५० जनाले ज्यान गुमाएका छन् ।