arrow

घर भत्किएर चार जनाको ज्यान गएपछि कांग्रेस मर्माहत, किरिया र उपचार खर्च वितरण

logo
प्रकाश बम, 
प्रकाशित २०७७ साउन २७ मंगलबार
doti-ghar-puryo-congress.jpg

डोटी । डोटीको आदर्श गाउँपालिका–१ मा सोमबार राति घर भत्किँदा आमा र छोराछोरीसहित चार जनाको मृत्यु हुनुका साथै चार जना गम्भीर घाईते भएको घटनापछि नेपाली कांग्रेस डोटी मर्माहत भएको छ । 

कांग्रेसले विज्ञप्ति जारी गरी मृतकप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दै घाइतेहरुको शीघ्र स्वास्थ्यलाभको कामना गरेको छ । 

कांग्रेस जिल्ला कार्यसमितिले आकस्मिक राहत कोषबाट पीडितलाई २० हजार रुपैयाँ सहयोग गर्ने घोषणा गरेको नजाएको छ । उपचार खर्चबापत १० हजार र किरिया खर्चबापत १० हजार रुपैयाँ उपलब्ध गराउने कांग्रेसको शोक वक्तव्यमा उल्लेख रहेको छ । 

आदर्श गाउँपालिका १ खलखडाका लोगे लुहारको घर राति करिब १ बजेतिर भत्किएको हो । घर भत्कँदा घरमा सुतिरहेका लुहारकी श्रीमती ३५ वर्षिया विष्ना लुहार, ११ वर्षीय छोरा पारस, छोरीहरु ७ वर्षीया सिरु र ४  बर्षकी जेनिसाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय डोटीका प्रहरी निरीक्षक कर्णबहादुर बोहराले हाम्राकुरालाई जानकारी दिए ।

घटनामा घरधनी ३० वर्षिय लोगे, लोगेकी ५२ वर्षिया आमा पाना, ६० वर्षिया सासु झाँकरी विक र १२ वर्षीय साला ईन्द्र बिक घाइते भएको प्रहरी निरीक्षक बोहराले जानकारी दिए ।

घाईतेहरुको दिपायल स्थिति शैलेस्वरी अस्पताल उपचार भइरहेको जनाएको छ ।

चारै जनाको स्थिति गम्भीर रहेको छ । 

सिलेटले छाएको तीनतले घरमा राति सुतिरहेको बेला अचानक घर भत्किँदा उनीहरुको ज्यान गएको प्रहरीले जनाएको छ ।



लोकप्रिय समाचार
नयाँ