arrow

कोरोनाले थलिएको विश्व, कहाँ कति संक्रमित ?

logo
प्रकाशित २०७७ साउन २७ मंगलबार
corona-world.jpg

एएफपी, जेनेभा, स्वीट्जरल्याण्ड । विश्वमा कोरोना भाइरस संक्रमितको संख्या दुई करोड २ लाख नाघेको छ  । विश्व स्वास्थ्य (डब्लुएचओ) ले मङ्गलबार दिएको जानकारीअनुसार विश्वमा दुई करोड २ लाख ५९ हजार ५६४ व्यक्ति कोरोना भाइरस संक्रमित भएका छन् ।
 
कोरोना भाइरस संक्रमणको कारण विश्वभरी सात लाख ३९ हजार २१२ जनाको मृत्यु भएको पनि सो सङ्गठनले जनाएको छ ।  मङ्गलबारसम्म विश्वभरीमा एक करोड ३१ लाख ९० हजार ५१६ जना व्यक्ति कोरोना संक्रमणबाट मुक्त भएका छन् । 

विश्वभरमा हाल ६३ लाख २९ हजार ८३६ व्यक्ति कोरोना भाइरस संक्रमित रहेका र उनीहरुको उपचार भइरहेको छ । संक्रमितमध्ये ६४ हजार ६९५ जनाको अवस्था गम्भीर रहेको जनाइएको छ ।चीनको हुबे प्रान्तको वुहान शहरबाट गत वर्षको डिसेम्बरको अन्त्यबाट शुरु भएको कोरोना भाइरस संक्रमणको कारण अमेरिका सबैभन्दा बढी प्रभावित भएको छ । 

डब्लुएचओका अनुसार संयुक्त राज्य अमेरिकामा मात्र ५२ लाख ५१ हजार ४४६ जनामा कोरोना भाइरसका संक्रमित रहेका छन् । यस प्रकोपका कारण अमेरिकामा एक लाख ६६ हजार १९२ व्यक्तिको मृत्यु भइसकेको बताइएको छ ।

दक्षिण अमेरिकामा ४८ लाख  २६६ जना कोरोना भाइरस संक्रमति रहेका छन् । यहाँ एक लाख ६१ हजार २८३ जनाको मृत्यु भएको छ । उत्तर अमेरिकामा  ६१ लाख ८२ हजार ५४४ जना कोरोना भाइरस संक्रमति रहेका छन् । यहाँ दुई लाख ३६ हजार २२७ जनाको मृत्यु भएको छ ।

युरोपमा ३० लाख ६४ हजार ७२१ जना कोरोना भाइरस संक्रमित रहेका छन् भने दुई लाख छ हजार ४०५ को मृत्यु भएको छ । एसिया ५१ लाख २५ हजार ३९४ जनामा कोरोना भाइरस संक्रमण रहेको छ भने एक लाख ११ हजार २५३ जनाको मृत्यु भएको छ । 

अफ्रिकामा दश लाख ६१ हजार ९८ जनामा कोरोना भाइरस संक्रमण रहेको छ भने २३ हजार ६४३ जनाको मृत्यु भएको छ ।  ओसियानामा २३ हजार ६५९ जनामा कोरोना भाइरस संक्रमण रहेको छ भने ३५७ जनाको मृत्यु भएको छ । 



लोकप्रिय समाचार
नयाँ