arrow

बाजुरामा बाढी वितण्डा: एक महिला बेपत्ता, बेलिब्रिज सहित दर्जनौं घर बगायो

logo
दयाराम पण्डित,
प्रकाशित २०७७ साउन २७ मंगलबार
bajura-flood.jpg

बाजुरा। गए रातिदेखि  आएको अबिरल बर्षासंगै आएको बुढिगंगा नदीले बडीमालिका नगरपालिका वडा नं २ की ऐसनी महत बेपत्ता भएकी छन् । उनी रती घरमा वाढपिसेपछि  ओतलाग्न जाने क्रममा बेपत्ता भएकी बडीमालिका नगरपालिका वडा नं २ का वडा अध्यक्ष डम्मर महतले जानकारी दिएका छन् ।

आमा बेपत्ता भएसंगै आफ्ना दुइवटा घर  लगायत घरको १९ परिवारका घर तथा मिल, र चप्पल फ्याक्टरी सहित बगाएर करोडौं रुपैया बराबरको क्षती भएको वडा अध्यक्ष महतले वताए ।घर खेतवारी वगाएपछि अहिले उनीहरुको त्रिपालमा वास भएको छ । त्यसैगरी  बडीमालिका नगरपालिकाको वडा नं ६ जडाङ्गाका दलवहादुर खड्का लगायतको पाँचपरिवारको घर वगाएको छ । 

गौमुल गाउँपालिकाको सिममा आठ घर वगेका छन् । बुडीगंगा नगरपालिकाको ताप्रीसेरामा तिन पसल सहित खेतवारी बगाएको छ । अन्य क्षती विरण आउन बाँकी रहेको छ ।

खोलाले साँफेमार्तडी सडक पर्ने जडाङ्गाको बेलीब्रिज बगाएको छ । बेली ब्रिजसंगै. चारवटा  झुलंगेंपुल वगाएको छ भने तिनवटा पूल  उचच जोखिममा रहेका छन् ।

साँफे मार्तडी सडक धुजा धुजा भएका छन्  र साफे मार्तडी सडक अन्तरगत बुढिगंगा नदीमा बनाएको बेलिबिज्र हिजो रातीको बर्षाले बगाएको प्रहरीले जनाएको छ । त्यसैगरी बुडीमालिका नगरपालिका २ घागर र वडा नं ८को राप्का एक दर्जन भन्दा बढी घर  बगेका छन् । भौनुराको कुटानी पिसानी मिल पनि बगाएको छ । 

त्यो संगै बुढिगंगा नदिको बहाव निकै बढेको स्थानीयहरुले बताएका छन । बाजुरा जिल्लामा सडकमा यो बर्ष निकै क्षती पुर्‍याएको छ । 



लोकप्रिय समाचार
नयाँ