काठमाडौं । स्थानीय गोङ्गबुस्थित एक होटलमा बस्दै आएका एक जनाको हत्या गरी टाउकोविनाको शव सुटकेसमा हालेर फालेको अभियोगमा आमाछोरीलाई मंगलबार प्रहरीले सार्वजनिक गरेको छ ।
रोल्पा रुन्टीगढी गाउँपालिका–७ का ४५ वर्षीय कृष्णबहादुर बोहराको हत्या गरेको अभियोगमा टोखा नगरपालिका–१० नवज्योति मार्ग बस्ने चितवन कालिका नगरपालिका–की ३७ वर्षीया कल्पना मुडभरी (पौडेल) र निजकी १५ वर्षीया छोरीलाई प्रहरीले मंगलबार सार्वजनिक गरेको हो ।
टोखा–१० गोङ्गबु नवज्योति मार्गमा आइतबार बिहान सुटकेसभित्र टाउकोविनाको शव र सुटकेस भेटिएको स्थानभन्दा केही परटाउको र खुट्टा पोको पारेर फालिएको अवस्थामा भेटिएको थियो । उक्त घटनाको अनुसन्धान गर्न महानगरीय प्रहरी परिसर काठमाडौं र महानगरीय अपराध महाशाखाबाट संयुक्त रुपमा खटिएको प्रहरीले जिल्ला प्रहरी कार्यालय चितवनको समन्वयमा हत्यामा संलग्न मुडभरीलाई कालिका –९ शक्तिखोरस्थित माइतीघरबाट सोमबार पक्राउ गरेको थियो ।
घटनास्थलबाट धारिलो हतियार, हथौडा, पञ्जा, म्याट्रेसको टुक्रा, सल, सुटकेशको ह्याण्डल, डोरी, मृतकका कपडा, स्लिपिङ ट्याब्लेटको खोल र मोबाइल थान प्रहरीले बरामद गरेको छ ।
बोहरा आठ महिनादेखि होटलमा बस्दै आएका थिए । बोहरा र अभियुक्तबीच करीब चार वर्षदेखि फेसबुकमार्फत चिनचान भई सम्पर्कमा रहेको थियो । उनीहरुको बेलाबेलामा कल्पनाको कोठामा भेट हुने गरेको र बोहराले अभियुक्तको तस्वीर राखेर फेक फेसबुक आइडी खोली चलाउने गरेका थिए ।
आफूअनुकूल चलाउनका लागि दवाव दिने गरेका बोहरा घटनाको दिन होटेलबाट बा ७२ प ५६४४ नम्बरको स्कुटरमा कल्पनाको कोठामा गएका थिए । कल्पनाले उनलाई दही, चिउरा, मासु र भोड्का खान दिएकामा दहीमा निद्राको पाँच औषधिसमेत मिसाइदिएको तथा तीखानेकुरा खाएपछि बोहरालाई लठ्ठिएर सुतेका बेला हथौडाले प्रहार गरी सलले घाँटी कसेको र मरेको यकिन भएपछि धारिलो हतियारले टाउको र खुट्टा छिनाई सुटकेस र झोलामा राखेर अभियुक्तले फालेको प्रहरीले बताएको छ ।
शवका टुक्रा फालेर अभियुक्त चितवन जाने एम्बुलेन्समा आइतबारै बेलुका माइतीघर चितवन गएको प्रहरीले जनाएको छ ।
शवका टुक्रा फालेर अभियुक्त चितवन जाने एम्बुलेन्समा आइतबारै बेलुका माइतीघर चितवन गएको प्रहरीले जनाएको छ ।