arrow

रामेछापको दोरम्बाबाट नेकपा त्यागेर आएका ३ दर्जन बढी युवालाई कांग्रेसमा भित्र्याए कोइरालाले

logo
हाम्राकुरा संवाददाता,
प्रकाशित २०७७ साउन २७ मंगलबार
shashanka-koirala-party-pra.jpg

काठमाडौं। तत्कालिन नेकपा माओवादीले आधार इलाका मान्दै आएको रामेछापको दोरम्बाका ३ दर्जन भन्दा बढी युवाहरु नेकपा परित्याग गरि नेपाली कांग्रेसमा प्रवेश गरेका छन् । उनीहरुलाई नेपाली कांग्रेसका महामन्त्री डा शशांक कोइरालाले टिका र खादा लगाएर स्वागत गरेका छन् । 

कोइराला निवास महाराजगञ्जमा आयोजित एक कार्यक्रममा युवाहरुलाई स्वागत गर्दै महामन्त्री कोइरालाले नेकपा छोडेका यूवाहरुलाई नेपाली कांग्रेसमा प्रवेश गराउन पाउँदा आफुमा पनि उर्जा थपिएको बताए । 

महामन्त्री कोइरालाले कम्युनिष्टहरुको कुशासनका कारण नागरिकमा अविश्वास जागेको बताए । उनले नेपाली कांग्रेस भनेको संघर्षको पर्यायवाची भएको भन्दै अन्याय र अत्याचारका विरुद्धमा आवाज उठाउन युवाहरुलाई आह्वान गरे । 

कार्यक्रममा नेपाली कांग्रेसका केन्द्रीय सदस्यद्धय बद्री पाण्डे, जीवन परियार, नेपाली कांग्रेसका नेता रामचन्द्र खड्का, नेपाली कांग्रेस रामेछापका जिल्ला सभपाति लवश्री न्यौपानेले नवप्रवेशीहरुलाई स्वागत गरेका थिए । 

नेपाल विद्यार्थी संघका नेता दिपेन्द्र खड्काका अनुसार दोरम्बाको वडा नम्बर ६ का नवराज गौतम, दिपेन्द्र गौतम विनाद गौतम, कुमार गौतम, सागर न्यौपाने लगायत अधिकांश युवाहरु नेकपा छोडेर नेपाली कांग्रेसमा प्रवेश गरेका छन् । 

रामेछापको दोरम्बा र वेथानलाई तत्कालिन माओवादीहरुले आधार क्षेत्र मान्दै आएका थिए । कम्युनिष्टहरुको भ्रष्ट चरित्रका कारण कांग्रेसमा प्रवेश गरेको नवप्रवेशी नवराज गौतमसहितका यूवाहरुले बताए । 



लोकप्रिय समाचार
नयाँ