काठमाडौं । नेपाल र भारतको हजारौं वर्षदेखि सांस्कृतिक सम्बन्ध रहेको छ । हिन्दू धर्म, दुबै देशको एक समान सूत्र हो । दुबै देशहरुको श्रद्धास्थान, उनीहरुको मान्यता, चाडपर्व, तिहार, उत्सव आदि मा धेरै समानता छन् । सनातन संस्थाको वेबसाइट विश्वभरका हिन्दू समाजहरुले पढ्ने गरेका छन् । बसाइटले धेरै देशका हिन्दूहरुबाट राम्रो प्रतिक्रिया प्राप्त गरेको छ । नेपाली जिज्ञासुहरुले नेपालको हिन्दू समाजलाई धर्मशिक्षा मिलोस्, यस हेतु सनातनको वेबसाइटको नेपाली संस्करणमा शुरु गरिएको छ । श्रीकृष्ण जन्माष्टमीको शुभ अवसरमा वेवसाइटको शुरु गरिएको हो ।
सम्पूर्ण विश्वका नेपाली बन्धुहरुलाई धर्मशिक्षा मिलोस् भनेर नेपाली वेबसाइट आरम्भ गरिएको संस्थाले जनाएको छ । एक अनलाइन कार्यक्रम मार्फत राष्ट्रीय धर्मसभा नेपालका अध्यक्ष डा माधव भट्टाराई र उनकी धर्मपत्नी तथा नेपाल सरकारकी भूतपूर्व राज्यमन्त्री श्रीमती कान्ता भट्टाराईले वेवसाइटको शुभारम्भ गरे । सो अवसरमा देहलीबाट हिन्दू जनजागृति समितिको राष्ट्रीय मार्गदर्शक सदगुरु डा चारुदत्त पिंगळे अनलाइन उपस्थित थियो ।
सो अवसरमा डा माधव भट्टराईले भने, ‘सनातन संस्थाको नेपाली भाषाको वेबसाइट धेरै उपयोगी पाए र यसले हामीलाई धेरै सहयोग गर्नेछन् । यस प्रकारको धार्मिक वेबसाइट्स नेपालमा अत्यन्त अभाव छ । यो वेबसाइट केवल धर्म सम्बन्धी ज्ञान मात्र होइनस अपितु ‘हिन्दू राष्ट्र’ को बारेमा सबैलाई दिशादर्शन पनि गर्दछ ।’
सद्गुरु डा चारुदत्त पिंगळे भने, ‘हिन्दी, अंग्रेजी, गुजराती, मराठी, कन्नड, तेलुगू, तमिल, मलयालम यी ८ भाषाहरुमा उपलब्ध यो वेबसाइट अब नेपाली भाषामा पनि उपलब्ध छ । वेबसाइटमा अध्यात्म सम्बन्धी शंकाहरु समाधान गर्नको लागि अनलाइन सम्पर्क सुविधा पनि उपलब्ध छ । सनातनको वेबसाइटको माध्यमबाट धेरै जिज्ञासुहरुले साधना आरम्भ गरेका छन् र स्वयंका जीवन आनन्दमय बनाएका छन् । हामी आध्यात्म बारे जिज्ञासुहरुलार्इ अधिक संख्यामा वेबसाइट हेर्न र उनीहरुको आध्यात्मिक अभ्यास (साधना) सुरु गर्न स्वागत गर्दछौं ।’