arrow

कुमार गौरवसँग सम्बन्धमा थिए संजय दत्त !

logo
प्रकाशित २०७७ साउन २७ मंगलबार
sanjay_dutta1.jpg

एजेन्सी । बलिउड अभिनेता संजय दत्त र कुमार गौरवबीच ८० को दशकमा गहिरो मित्रता थियो । दुवै एक-अर्कासँग माया गर्थे र किस पनि गर्ने गरेको बताउने गरिन्छ । संजय दत्तले सो बिषयमा एक अन्तर्वार्तामा खुलेर उत्तर दिएका छन् । उनिहरुबीचको मित्रतालाई लिएर मानिसहरु समलैंगिक सम्बन्धको कुरा समेत उठाउने गर्दथे ।

अन्तर्वार्तामा संजयले भनेका छन् 'गौरवसँगको मेरो सम्बन्ध एकदमै सामान्य हो । फोहोर दिमाग भएका मानिसले यसलाई गलत तरिकाले हेर्छन् । मलाई लाग्दैन की हाम्रो मित्रता हद भन्दा माथि गयो ।यो मानिसहरुले हेर्ने आँखाको कारामत हो ।'

उनले थपे ' यदि तपाईको भनाइ समलैंगिक हो भने तपाई गलत हुनुहुन्छ ।हामिबीच सामान्य सम्‍बन्ध रहेको छ । सो कारण मानिसहरु हामिलाई देखेर छक्क पर्छन् ।किनकि चलचित्र उद्योगमा साचो साथि पाउन गाह्रो छ ।'



लोकप्रिय समाचार
नयाँ