arrow

दार्जिलिंगबाट फुटबल खेल्न नेपाल आएका सुब्बाको निधन

रहेनन् नेपाली फुटबल टोलीका पहिलो पुस्ताका खेलाडी

logo
प्रकाशित २०७७ साउन २७ मंगलबार
indrasing.jpg

काठमाडौँ । नेपाली फुटबल टोलीका पहिलो पुस्ताका खेलाडी इन्द्रसिंह सुब्बाको निधन भएको छ । सुब्बाको ८४ वर्षको उमेरमा बाँसबारीस्थित गंगालाल हृदय केन्द्रमा मंगलबार निधन भएको हो । 

मुटुमा समस्या देखिएपछि उनलाई गङ्गालालमा भर्ना गरिएको थियो । नेपालले पाकिस्तानमा सन् १९६३ मा आगाखाँ गोल्डकप अन्तर्राष्ट्रिय प्रतियोगिता खेल्दा सुब्बा उक्त टोलीमा थिए । नेपालले खेलेको अन्तर्राष्ट्रिय प्रतियोगिता त्यही नै पहिलो थियो । नेपाली टोलीको कप्तान त्यो बेला नर शमशेर राणा थिए । 

सुब्बा भारतको दार्जिलिंगमा जन्मिए । पछि फुटबल खेल्न नेपाल आएका हुन्। उनी बाँचुञ्जेलसम्म काठमाडौँमैँ बसे । 

अखिल नेपाल फुटबल सङ्घ (एन्फा)का प्रवक्ता किरण राईले विभिन्न रोगले च्यापेपछि सुब्बालाई एक महिना अघि ललितपुरको अल्का अस्पताल भर्ना गरिएको बताए । पछि मुटुमा समस्या देखिएपछि उनलाई गङ्गालाल भर्ना गरिएको हो ।   



लोकप्रिय समाचार
नयाँ