काठमाडौं । बलिउड अभिनेता संजय दत्तलाई फोक्सोको क्यान्सर भएको छ । उनलाई तेस्रो स्टेजको क्यान्सर भएको पनि बताइएको छ ।
६१ वर्षीय संजय दत्त उपचारका लागि अमेरिका गएका छन् । उनले ‘फिल्मबाट ब्रेक लिएको’ बताएका थिए ।
उनको स्थिति गम्भीर भएको बताइएको छ । उनकी आमा नर्गिस र पहिली श्रीमती ऋचा शर्माको पनि क्यान्सरबाट ज्यान गएको थियो ।
उनी गत ८ अगष्टदेखि स्वास फेर्न गाह्रो भएपछि मुम्बईस्थित लीलावती अस्पताल भर्ना भएका थिए । मंगलबार राति मात्र संजय दत्तले आफ्ना नजिकका मित्रलाई यसको खुलासा गरेका थिए ।
उनले जुलाई २९ मा आफ्नो ६१ औं जन्मोत्सव मनाएका थिए । उनको सन् १९५९ मा जन्म भएको थियो । उनले २००८ मा तेस्रो बिहे गरेका थिए ।
उनको पछिल्लो फिल्म ‘सडक २’ २८ अगष्टमा सार्वजनिक हुँदैछ ।