काठमाडौं । भारतमा एकैदिन सबैभन्दा बढी कोरोना भाइरसका संक्रमित थपिएका छन् । मंगलबार भारतमा ६१ हजार २५२ जना संक्रमित थपिएका हुन् । यो संख्या मंगलबार विश्वमै सबैभन्दा बढी हो ।
भारतले पछिल्ला केही दिनदेखि अमेरिका र ब्रजिललाई उछिन्दै आएको छ । अहिलेसम्म भारतमा कोरोना संक्रमितको संख्या २३ लाख २८ हजार ४०५ जना संक्रमित भएका छन् ।
अहिले ६ लाख ४३ हजार ६४३ जना सक्रिय संक्रमित रहेका छन् । निको हुनेको संख्या एकै दिन मंगलबार सबैभन्दा बढी रह्यो । ५६ हजार ४६१ जनालाई निको भएको छ ।
अहिलेसम्म १६ लाख ३८ हजार १०१ जनालाई निको भएको छ ।
मंगलबार ८३५ जनाको ज्यान गयो । अहिलेसम्म ज्यान गुमाउनेको संख्या ४६ हजार १८८ जनाको ज्यान गएको छ ।