काठमाडौं । विश्वमा मंगलबार एकैदिन दुई लाख ५६ हजार १७६ जना कोरोना भाइरसका संक्रमित थपिएका छन् । हाल विश्वमा दुई करोड ५ लाख भन्दा बढी कोरोना संक्रमित पुगेका छन् ।
मृतकको संख्या ७ लाख ४४ हजार ५ सय भन्दा बढी पुगेको छ । मंगलबार मात्रै ६ हजार २ सय भन्दा बढी को ज्यान गएको छ ।
सबैभन्दा बढी संक्रमित रहेको अमेरिकामा ५३ लाख ४ हजार भन्दा बढी संक्रमित रहेका छन् । मंगलबार ५२ हजार ९१७ जना थपिएका छन् ।
मृतकको संख्या अमेरिकामा १ लाख ६७ हजार ९१७ पुगेको छ । मंगलबार १ हजार ३९४ जनाको ज्यान गएको छ ।
दोस्रो स्थानको ब्रजिलमा ३१ लाख १२ हजार ३९३ जना संक्रमित पुगेका छन् । मंगलबार ५४ हजार ९२३ जना संक्रमित थपिएका छन् ।
मृतकको संख्या १ लाख ३ हजार ९९ पुगेको छ । मंगलबार १ हजार २४२ जनाको ज्यान गएको छ ।
तेस्रो स्थानको भारतमा एकैदिन सबैभन्दा बढी कोरोना भाइरसका संक्रमित थपिएका छन् । मंगलबार भारतमा ६१ हजार २५२ जना संक्रमित थपिएका हुन् । यो संख्या मंगलबार विश्वमै सबैभन्दा बढी हो ।
अहिलेसम्म भारतमा कोरोना संक्रमितको संख्या २३ लाख २८ हजार ४०५ जना संक्रमित भएका छन् । अहिले ६ लाख ४३ हजार ६४३ जना सक्रिय संक्रमित रहेका छन् । निको हुनेको संख्या एकै दिन मंगलबार सबैभन्दा बढी रह्यो । ५६ हजार ४६१ जनालाई निको भएको छ ।
मंगलबार ८३५ जनाको ज्यान गयो । अहिलेसम्म ज्यान गुमाउनेको संख्या ४६ हजार १८८ जनाको ज्यान गएको छ ।
चौथो स्थानको रुसमा संक्रमितको संख्या ८ लाख ९७ हजार ५९९ पुगेको छ । मंगलबार ४ हजार र९४५ जना संक्रमित थपिएका छन् ।
मृतकको संख्या १५ हजार १३१ पुगेको छ । मंगलबार १३० को ज्यान गएको थियो ।
पाँचौं स्थानको दक्षिण अफ्रिकामा २ हजार ५११ नयाँ संक्रमित थपिएर ५ लाख ६६ हजार १०९ जना संक्रमित पुगेका छन् । मंगलबार १३० थपिएर मृतक १० हजार ७५१ पुगेका छन् ।
छैटौं स्थानको मेक्सिकोमा ५ हजार ५५८ जना संक्रमित थपिएर ४ लाख ८५ ८३६ जना संक्रमित पुगेका छन् । ७०५ जना मृतक थपिएर ५३ हजार ३ पुगेका छन् ।