arrow

विभिन्न मुद्धाका ४० अपराधी एक महिनाभित्रै पक्राउ 

logo
प्रकाशित २०७७ साउन २८ बुधबार
arrest-final.jpeg

तनहुँ । जिल्ला प्रहरी कार्यालय तनहुँले साउनको एक महिना नबित्दै करिब ४० जनालाई पक्राउ गरेको छ । 

प्रहरीले अदालतबाट फैसला भई कैद र जरिवाना भुक्तान गर्न बाँकी देखिएका विभिन्न मुद्दाका फरार व्यक्तिलाई धमाधम पक्राउ गर्दै कानूनी दायरामा ल्याउन थालेको छ ।

बहुविवाह, चोरी, कर्तव्य ज्यान, लागूऔषध, बलात्कार लगायत मुद्दाका फरार व्यक्तिलाई पक्राउ गरिएको प्रहरी नायव उपरीक्षक तिमिल्सेनाले बताए । 

फरार व्यक्तिलाई पक्राउ गरी कानूनी दायरामा ल्याउन थालिएसँगै सर्वसाधारणले शान्ति सुरक्षाको अनुभूति गर्न थालेको बताइएको छ । 



लोकप्रिय समाचार
नयाँ