डोटी । डोटीको पूर्वीचौकी गाउँपालिकामा बस दुर्घटना हुँदा तीन जनाको घटनास्थलमै मृत्यु भएको छ ।
३२ जना घाईते भएका छन् । मृतकहरुको अझै सनाखत हुन सकेको छैन ।
गौरिफण्टा नाकाबाट भित्रिएका नेपाली नागरिक बोकेर धनगढीबाट अछाम जाँदै गरेको ना ६ ख २५२९ नम्बरको यात्रुबाहक बस बुधबार बिहान ६ बजे दुर्घटनामा परेको जिल्ला प्रहरी कार्यालय डोटीले जनाएको छ ।
घाईतेहरुलाई उद्धार गरेर जिल्ला अस्पताल ल्याईदै छ ।
घटनास्थलमा स्थानीयबासी, नेपाल प्रहरी र सशस्त्र प्रहरीको टोली पुगेर उद्धार कार्य गरिरहेको छ ।