बेलवारी । मोरङको बेलबारीस्थित ईलाका प्रहरी कार्यलयमा कार्यरत एक प्रहरीमा कोरोना पुष्टि भएको छ ।
फ्रन्ट लाइनमा खटिने पाँच जना प्रहरीको स्वाब परिक्षण गर्दा एकजना प्रहरीमा कोरोना पुष्टि भएको हो ।
संक्रमित हुने व्यक्ति वर्ष ३० का ईलाका प्रहरी कार्यालय बेलबारीमा कार्यरत मुद्दा फाँटका एक जना सई हुन् ।
संक्रमित उनलाई उपचारको लागि गोठगाउँस्थित कोभिड अस्पतालमा राखिएको प्रहरी स्रोतले जनाएको छ ।
संक्रमित प्रहरीको भनाई अनुसार उनको स्वास्थ्य अवस्था सामान्य रहेता पनि उनमा रुघाखोकीको लक्षण देखिएको छ ।