काठमाडौं। एकैदिन ६ हजार २ सय रुपैयाँले घट्दै सुनको मूल्य प्रतितोला ९५ हजार ४ सय रुपैयाँ कायम गरिएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबारको तुलनामा बुधबार एकैदिन ६ हजार २ सय रुपैयाँले सुनको मूल्य घटेको हो।
मंगलबार सुनको मूल्य १ लाख १ हजार ६ सय रुपैयाँ रहेको थियो। महासंघका अनुसार बुधबार तेजावी सुनको मूल्य प्रतितोला ९४ हजार ९ सय रुपैयाँ कायम गरिएको छ।