arrow

वानियाँको परिवारका सदस्यहरु हेटौंडा पुगेपछि मात्रै सनाखत हुने, पोष्टमार्टम परिवारका सदस्यले चाहेको ठाउँमा

logo
प्रकाशित २०७७ साउन २८ बुधबार
Balaram-baniya.jpg

काठमाडौं। बुधवार शबको पहिचान भएका पत्रकार वलराम वानियाँको परिवारका सदस्यहरुले सनाखत गर्न बाँकी रहेका कारण पोष्टमार्टम तत्काल नभएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ। परिवारका सदस्यहरुले जाहेरी दिएर सनाखत गरेपछि मात्र पोष्टमार्टम शुरु हुने प्रहरीले जनाएको हो। जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रमुख एसपी शुसिल सिंह राठौरले वानियाँको शब जिल्ला अस्पताल मकवानपुरको शबगृहमा रहेको बताए।

परिवारको तर्फबाट अहिलेसम्म आएर जाहेरी नपरेका कारण पोष्टमार्टमको प्रक्रिया शुरु नभएको राठौरले जानकारी दिए।  परिवारका व्यक्तिहरुले आएर सनाखत गरेपछि पोष्टमार्टमको प्रक्रिया शुरु हुने जनाउँदै राठौरले पोष्टमार्टम मकवानपुर वा परिवारले चाहेको अन्य ठाउँमा हुने बताए।

मंगलवार भेटिएको वानियाँको शब बुधवार मात्र पहिचान भएकव थियो। पत्रकार गिरिजा अधिकारीका अनुसार जिल्ला अस्पतालमा राखिएको वानियाँको शवमा धेरै चोटहरु रहेका छन्। वानियाँको अनुहारमा धारिलो हतियारले काटेको जस्तो देखिने चोटहरु रहेका छन्। उनको अनुहार सुन्निएको देखिएको छ । नीलो डाम सहितका चोटहरु अनुहारमा धेरै देखिएको छ।

वानियाँको मृत शरीर मंगलबार बिहान ११ बजेतिर मकवानपुरको सिस्नेरीस्थित माण्डु जलविद्युत् परियोजना क्षेत्रमा फेला परेको थियो। हाइड्रोको ड्याममा पानीको सतह घटेपछि उनको देखिएको उनको शबको जानकारी प्रहरीलाई गरिएको थियो।

पहिचान हुन नसकेको उनको शबको अनुहारको तस्विर मकवानपुर प्रहरीले पहिचानका लागि फेसबुकमा राखेको थियो। पछि प्रेस काउन्सिलले प्रहरीलाई आग्रह गरि सो तस्विर हटाइएको थियो। वग्दै आएको उनको शरीर ड्याम क्षेत्रका डण्डीहरुमा ठोक्किएर धेरै चोट लागेको अनुमान प्रहरीको छ।

वानियाँ सोमबार दिउँसोदेखि सम्पर्कविहीन भएका थिए। उनी पछिल्लोपटक राजधानीको बल्खुचोकमा सोमबार करिब पौने चार बजे देखापरेका थिए।



लोकप्रिय समाचार
नयाँ