arrow

घरका आमा र छोरा, वर्कसपमा काम गर्नेमा संक्रमण

logo
प्रकाशित २०७७ साउन २८ बुधबार
covid-test-positive-corona.jpg

काठमाडौँ ।  शङ्खरापुर नगरपालिकामा तीन जना कोरोना भाइरसका संक्रमित भेटिएका छन् । 

नगरपालिका– ९ मा दुई  र वडा नं ७ मा एक गरी तीन जनामा कोरोना भाइरस भेटिएको हो । वडा नं ९ मा एकै परिवारका आमा र छोराको पिसिआर रिपोर्ट पोजेटिभ आएको वडाध्यक्ष घनश्याम थापाले बताए । 

संक्रमितको अहिले पाटन अस्पतालमा उपचार भइरहेको जनाइएको छ  । त्यसै शङ्खरापुर– ७ नगरपालिका भवन नजीकै एक जना संक्रमित भएको पुष्टि भएको छ । 

बारा जिल्ला घर भएका उनी वर्कसपमा काम गर्दै आएका थिए । बारामा पिसिआर परीक्षण गरी दुई दिनअघि मात्रै शङ्खरापुर आएका उनलाई उपचारका लागि टेकु पठाइएको र टेकुले कीर्तिपुर पठाएको अस्पतालले जानकारी दिएको छ ।



लोकप्रिय समाचार
नयाँ