काठमाडौं। चीनले आफ्नो नयाँ युद्धपोत समुन्द्री परिक्षणमा लगेको छ। यो युद्धपोतलाई गतहप्ता नै समुन्द्री परिक्षणमा लगिएको पाइएको हो।
चीनले पछिल्ला १५ वर्षमा आफ्नो जल सेनालाई दोब्बर पारेको छ । त्यस्तै उस्ले थुप्रै लडाकु पानी जहाजहरु बनाएको छ । यसबाहेक चीनले युद्धपोतहरुको संख्या पनि बढाउँदै लगेको छ ।
०७५ तरिकाको चिनियाँ युद्धपोत (लडाकु पानीजहाज) २ सय ३७ मिटर लामो रहेको छ । यसले ४० हजार टन तौल बाक्ने सामर्थ्य राख्छ ।
९ सय बढी जलसेना र ३० भन्दा बढी हेलिकप्टरलाई यो युद्धपोतले धान्न सक्छ । यो युद्धपोतलाई युद्ध र अन्य उद्धारका लागि प्रयोग गर्न सकिने किसिमले विकास गरिएको छ ।
यद्यपी चीनसँग अमेरिकासँग भएका एफ—३५ बी र एमभी—२२ ओस्प्रे जस्ता शक्तिशाली हतियारहरु भने छैनन् । तरपनि, चीनले जलीय सेना र लडाकु पानीजहाजका क्षेत्रमा भने अमेरिकाबराबरीका युद्धपोतहरुको विकास गरेको छ ।
उसो त, युएसएस बोनहम्मे रिचर्ड अमेरिकी लडाकु पानीजहाजले चिनियाँ लडाकु पानीजहाजभन्दा बढी क्षमता राख्छ । अमेरिकी युद्धपोतले शक्तिशाली विमान एफ—३५ बीलाई अपरेट गर्न सक्छ । चीनका दुई युद्धपोत अमेरिकी युद्धपोतसँग बराबरी गर्न सक्छन् ।
चीनले अब आफ्ना युद्धपोतले साउथ चाइना सी, हिन्द महासागर र ताइवानी क्षेत्रमा आफ्नो प्रभाव विस्तार गर्न सक्छ । उसै पनि चीनले यो क्षेत्रमा आफ्नो प्रभुत्व जमाउन अनेकन उपाय रच्दै आएको छ । यद्यपी अहिलेसम्म आइल्याण्डका धेरै जसो अपरेसनहरुमा अमेरिकी पानीजहाजले नै मद्दत गर्दै आएका छन् ।