काठमाडौं । दक्षिण कोरियामा अलपत्र परेको नेपाली बुधबार स्वदेश फिर्केका छन् । कोभिड–१९ सङ्कट व्यवस्थापक केन्द्र (सिसिएमसी)का अनुसार दक्षिण कोरियाबाट कोरियान एयरलाइन्समार्फत २४७ नेपाली स्वदेश फर्किका हुन् ।
बुधबार स्वदेश फर्काइएका नेपालीलाई नेपाली सेनाको व्यवस्थापनमा स्थापना गरिएको ‘होल्डिङ सेन्टर’मा व्यक्तिगत विवरण सङ्कलन, स्वास्थ्य परीक्षणलगायत आवश्यक प्रक्रिया पूरा गरी सम्बन्धित प्रदेशको समन्वयमा क्वारेन्टिनमा पठाउने तयारी गरिएको सिसिएमसीले जनाएको छ ।
साथै मलेसियामा अलपत्र परेको नेपाली स्वदेश फिर्केका छन् । मलेसियाबाट मलेसियन एयरलाइन्समार्फत ३६ नेपाली स्वदेश फर्किका हुन् ।
कोभिड–१९ महामारी रोकथाम तथा नियन्त्रणका लागि सरकारले गत चैत पहिलो सातादेखि सबै नियमित अन्तर्राष्ट्रिय हवाई उडानमा रोक लगाएको थियो ।
अन्तर्राष्ट्रिय उडान रोक लगाइएको अवस्थामा नेपाल फर्कनैपर्ने अवस्थामा रहेका नेपालीलाई गत जेठ महिनादेखि चार्टड उडानमार्फत स्वदेश फर्काउन थालिएको थियो ।