arrow

कोरोनाको जोखिम वढेपछि बुटवलमा भदौ ५ सम्म लकडाउन

logo
नारायण वली,
प्रकाशित २०७७ साउन २८ बुधबार
butwal-corona.jpg

रुपन्देही । बुटवल स्थित कोरोना विशेष अस्थायी अस्पतालमा बुधबार दुई जनाको मृत्यु भएपछि बुटवल क्षेत्रमा पनि संक्रमण वढ्दो रहेकाले बुटवल उपमहानगर क्षेत्र भित्र बिहिबारदेखि आगामी भदौ ५ गतेसम्म लकडाउन गरिने भएको छ । उक्त निर्णय बिहिबार देखि भदौ ५ गते सम्म लागू हुने वताईएको छ ।

बुटवल उप–महानगरपालिकाको बैठकले आगामी भदौ ५ गते सम्म पूर्ण लकडाउन गर्ने निर्णय गरेको बुटवल उप–महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत चक्रपाणि शर्माले जानकारी दिए ।

यस्तै उनका अनुसार बुटवल भित्रका खाद्यान्न पसलहरु बिहान ७ बजे देखि ११ बजे सम्म मात्रै खुल्न पाउने र दुग्धजन्य पसलहरु बिहान ७ देखि ११ बजेसम्म र बेलुका ५ बजे देखि ७ बजे सम्म मात्रै खुल्न पाउने निर्णय भएको जनाईएको छ । 

साथै लकडाउन अवधिभर सार्वजनिक र निजी सवारी साधनहरु पनि बन्द गरिने र तरकारी बोक्ने गाडीहरु पनि परिचय पत्र बोकेर मात्रै सञ्चालन गर्न पाईने र होटल तथा रेष्टुरेन्टहरु पनि बन्द गर्नुपर्ने नगरपालिकाले निर्देशन दिएको छ ।



लोकप्रिय समाचार
नयाँ