काठमाडौं। गृह मन्त्रालयले सवारी पास वितरण नगर्न प्रहरी प्रशासनलाई निर्देशन दिएको छ। गृह मन्त्रालयले कोभिड-१९को पछिल्लो अवस्था आँकलन गर्दै बिहीबारदेखि सवारी पास वितरण नगर्न प्रहरी प्रशासनलाई निर्देशन दिएको हो।
‘हालसम्म तहाँबाट जारी हुँदै आएको सवारी पास व्यवस्था लाई कोभिड-१९को उच्च जोखिमलाई मध्येनजर गरी अर्को व्यवस्था नभएसम्म २९ साउन देखि लागु हुनेगरी नगर्न नगराउनु हुन आदेशानुसार अनुरोध गरिएको छ’ निर्देशनमा उल्लेख गरिएको छ।