काठमाडौं । नेपालको छिमेकी राष्ट्र भारतमा कोरोना भाइरसका संक्रमित तीव्र गतिमा बढिरहेका छन् ।
भारतमा एकैदिन अहिलेसम्मकै सबैभन्दा बढी संक्रमित थपिएका छन् । त्यसैगरी निको हुने पनि अहिलेसम्मकै बढी भएका छन् ।
बुधबार एकैदिन ६७ हजार ६६ जना संक्रमित भारतमा थपिएका हुन् । यो भारतको एकैदिन सबैभन्दा बढी हो ।
त्यसैगरी बुधबारै ५७ हजार ७५९ जनालाई निको भएको छ । यो पनि अहिलेसम्मकै बढी हो । यो संख्या कुनै पनि राष्ट्रको अहिलेसम्म निको हुनेको रेकर्ड हो ।
भारतमा अहिलेसम्म २३ लाख ९५ हजार ४७१ जना संक्रमित भएका छन् । सक्रिय संक्रमित ६ लाख ५१ हजार ९९९ जना रहेका छन् ।
निको हुनेको संख्या १६ लाख ९५ हजार ८६० जना रहेका छन् । त्यस्तै बुधबार ९५० जनाको ज्यान गएको छ । हालसम्म ज्यान जाने ४७ हजार १३८ पुगेका छन् ।
बुधबार भारतपछि ब्रजिलमा ५८ हजार ८१ जना र अमेरिकामा ५३ हजार ६१५ जना संक्रमित थपिएका छन् ।
त्यस्तै अमेरिकामा १ हजार ३६८ र ब्रजिलमा १ हजार १६४ जनाको ज्यान गएको छ ।