arrow

कोरोना भाइरसको जोखिमपछि प्रेस प्रतिनिधि प्रमाणपत्र जारी तथा नवीकरण स्थगित

logo
प्रकाशित २०७७ साउन २९ बिहिबार
suchana-bibhag.jpg

काठमाडौं । सूचना तथा प्रसारण विभागले प्रेस प्रतिनिधि प्रमाणपत्र जारी तथा नवीकरण तत्कालका लागि स्थगन गरेको छ ।

विभागले बुधबार प्रेस विज्ञप्ति जारी गरी कोभिड–१९ को बढ्दो जोखिमका कारण अर्को सूचना नभएसम्मका लागि पास वितरण स्थगन गरेको जनाएको हो ।  

‘प्रेस प्रतिनिधि प्रमाणपत्र जारी वा नवीकरण गर्दा सम्बन्धित व्यक्ति नै विभागमा उपस्थित हुनुपर्ने कानूनी व्यवस्था भएको र सो सेवा अनलाइन, भर्चुअल वा विद्युतीय माध्यमबाट सेवा प्रवाह गर्न तत्काल सम्भव नभएको हुँदा हाललाई स्थगन गरिएको छ’, विज्ञप्तिमा भनिएको छ । 

विभागले श्रमजीवी पत्रकारले प्रेस रजिष्ट्रारसमक्ष दिने उजूरी र सोसम्बन्धी कामलाई भने निरन्तरता दिने भएको छ । 



लोकप्रिय समाचार
नयाँ